इलाम, पुस १५ – मेची राजमार्ग अन्तर्गत
इलामको कोल्बुङ्गमा बसको ठक्करबाट पाँचथर फिदिमका १८ वर्षका विशाल
सम्बाहाम्फेको घटनास्थलमै ज्यान गएको छ । झापा विर्तामोडका १९ वर्षका रोशन
कन्दङबा घाइते भएका छन् ।
घाइतेलाई उपचारका लागि झापा पठाइएको छ ।
धरानबाट विद्यार्थी लिएर इलाम भ्रमणमा आएको को १ ख ३५६१ नम्बरको बसले
फर्कने क्रममा कोल्बुङ्ग स्थित कुटिडाँडामा उनीहरुलाई ठक्कर दिएको हो ।
उनीहरु झापाबाट पाँचथरतर्फ मे ६ प २४१
नम्बरको मोटरसाइकलमा फर्कने क्रममा कुटिडाँडामा मोटरसाइकल साइड लगाएर फोटो
खिच्ने क्रममा उनीहरुलाई बसले ठक्कर दिएको प्रहरीले बताएको छ ।
Post a Comment