काठमाडौ, पुस ७ । बिप्लव माओवादीले घोषणा गरेको काठमाडौं उपत्यका बन्द प्रभावहीन देखिएको छ । बिहीबार बिहानैदेखि गाडीको आवतजावत देखिएको छ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले उपत्यका बन्दको आह्वान गर्दा अन्यौल बढे पनि सवारी साधन निर्वाध चलिरहेका छन्।
यसैबीच प्रहरीले ढुक्क भएर गाडी चलाउन यातायात व्यवसायी र सवारी चालकलाई अनुरोध गरेको छ। यद्यपी बिहानैदेखि काठमाडौंका मुख्य सडकसहित चोक चोकमा प्रहरी खटिएका छन्। यसैबीच बन्द गराउन हिँडेका पार्टीका ११ जना कार्यकर्तालाई प्रहरीले पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी सिद्धिविक्रम शाहका अनुसार राजधानीका विभिन्न क्षेत्रबाट बिहान ४ बजेतिर उनीहरु पक्राउ परेका हुन्। शाहका अनुसार बागबजार क्षेत्रबाट ५ जना, बबरमहल क्षेत्रबाट ३ तथा नयाँ बजार क्षेत्रबाट ३ जना बन्दकर्ता पक्राउ परेका हुन्। पक्राउ पर्नेहरुमा कृष्ण सेवा, केस सन्जेल, प्रदिप जंग शाही, लोकेश विश्वकर्मा, राम बहादुर विश्वकर्मा, सुरज खड्का, राजन गिरी, सरोज पराजुली लगायत छन् ।
उनका अनुसार हालसम्म आगजनी र तोडफोडजस्ता कुनै अप्रिय घटना हुन दिइएको छैन । बन्द घोषणापछि राजधानीमा उच्च सुरक्षा सतर्कता अपानाइएको छ । पेट्रोलियम पदार्थमा भएको मुल्यबुद्धिको विरोधमा विप्लव नेतत्वको माओवादीका जनवर्गीय संगठनले बुधवार उपत्यका बन्दको घोषणा गरेको थियो।

Post a Comment