Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

सुनसान बन्दै सोलुखुम्बु, होटल तथा लज बन्द हुने अवस्थामा



सोलुखुम्बु, २ पौष । केही समय अघिसम्म पर्यटकले खचाखच भरिएको सोलुखुम्बुको विमानस्थल, होटल, लज, क्याम्पिङ साइट, चौतारा, बाटोघाटो तथा दृश्यावलोकन गर्ने स्थल विस्तारै सुनसान हुँदै जान थालेको छ । पर्यटनको मध्य सिजनमा एकैपटक धेरै पर्यटकको आगमन हुँदा सेवा दिन समेत धौ धौमा परेका होटल व्यवसायी अहिले भने फुर्सदिला छन् ।


  चिसो बढेकाले खुम्बु आएका पर्यटक क्रमशः फर्कन थालेपछि सोलुखूम्बुको मुख्य पर्यटकीय स्थल सुनसान बन्दै गएका हुन् । सगरमाथाको प्रवेशद्वार भनेर चिनिने नाम्चे, त्यसैगरी गोक्यो, चोला पास, कालापत्थर, एभरेष्ट बेस क्याम्प लगायतमा अहिले पर्यटकको चहलपहल निकै कम छ । केही दिन अघिसम्म विदेशी पर्यटक, पर्यटकको भारी बोक्ने चौपाया तथा पर्यटक भरियाको ताँतीले गर्दा आवातजावत समेत अवरुद्ध हुने साँघुरा बाटोघाटोमा अहिले एक दुई जना पर्यटक मात्रै भेटिन्छन् । पर्यटकको मुख्य सिजन मानिने कात्तिकको मध्यतिर एकैदिन ५ सयको हाराहारीमा पर्यटक प्रवेश हुने खुम्बु क्षेत्रमा अहिले दैनिक ३०÷४० जनाको दरले आउने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय मन्जो चेकपेष्टले जनाएको छ ।


 यस वर्ष हरेक महिनामा खुम्बु प्रवेश गर्ने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको स्थानीय व्यवसायीले बताएका छन् । अघिल्ला वर्षमा जस्तो लामो समयसम्म मौसमले धोका नदिएको र भूकम्पको त्रास पनि अन्त्य भएकाले यो वर्ष पर्यटब बढेको उनीहरु बताउँछन् ।  सन् २००३ बाट उकालो लागेको सोलुखुम्बुको पर्यटकको संख्या सन् २००८ मा ३० हजार ५ सय ९९ पुगेको थियो । सन् २०१० मा ३२ हजार १ सय २४ जना पुगेको खुम्बुमा पर्यटक संख्या बढेर २०११ मा ३४ हजार ५ सय ७१  जना पर्यटक खुम्बु प्रवेश गरेका थिए । क्रमशः उकालो लागेको सोलुखुम्बुको पर्यटक संख्या सन् २०१३ मा ३६ हजार दुई सय १२, २०१४ मा ३७ हजार १ सय २४ पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जले जनाएको छ । लगातार उकालो लागेको पर्यटक संख्या २०१५ मा घटेर २७ हजार ४ सय ६५ भएको थियो । भुकम्पका कारण एक्कासी पर्यटकको संख्या घटेको पर्यटन व्यवसायीको भनाई छ ।  

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget