Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

चेलिवेटी बेचविखन गर्ने पाँच अभियुक्त जेल चलान


१ पुस, कपिलवस्तु ।
चेलिवेटी वेचविखनको अभियोगमा पक्राउ परेका पाँच जना जेल चलान भएका छन् ।कपिलवस्तु जिल्ला अदालतको आदेशमा तीन किशोरीलाई भारतमा बेच्न लगेको आरोपमा पक्राउ परेका पाँच जनालाई जेल चलान गरेको हो । कृष्णनगरबाट पक्राउ परेका ललिता बि.क, प्रदिप बि.क, रेखा बि.क, इन्द्र बहादुर खड्का र मोहन पाण्डेलाई जिल्ला अदालतको आदेश बमोजिम जेल चलान गरिएको हो ।
उनीहरुले रोल्पाका तीन किशोरीलाई भारतमा बेच्न लैजादै गर्दा सीमाबाट पक्राउ परेका थिए । कृष्णनगर प्रहरी कार्यालयले अभियुक्तविरुद्ध दर्ता गराएको मुद्धा अदालतले कसुरदार ठहर गर्दै जेल चलान गरिएको प्रहरीले जनाएको छ ।
मानव बेचविखान विरुद्ध सक्रिय सस्था केआई नेपाल कृष्णनगर र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । पीडित तथा साक्षीको बयान र प्रहरीको अनुसन्धानपछि जिल्ला अदालत कपिलबस्तुका न्यायधीश कृष्णप्रसाद पौडेलको इजलासले कात्तिक २३ गते अभियुक्त ललिता बि.क, प्रदीप बिक र रेखा बिकलाई १५ बर्ष जेल र जनही एक लाख क्षतीपुर्ति तथा अभियुक्त इन्द्र बहादुर खड्का र मोहन पाण्डेलाई ७ बर्ष ६ महिना जेल र ५० हजार जरिबानाको दण्ड सजायको फैसला गरेको थियो ।
भारत जाँदै गर्दा शंकास्पद लागेपछि नियन्त्रणमा लिई अनुसन्धान गर्दा किशोरीहरुलाई बिभिन्न प्रलोभनमा पारी बेचबिखनको उद्देश्यले लैजाँदै गरेको रहस्य खुलेको थियो ।
मानबबेचबिखन तथा ओसारपसार ऐन २०६४ अन्तरर्गत ईलाका प्रहरी कार्यलय कृष्णनगरमा मुद्धा दर्ता भएको थियो । पीडित चेलीहरु केआई नेपालको सुरक्षित आवास गृह चितवनमा रहेर बिभिन्न सीप सिकेपछि अभिभाबकसँग पुर्नमिलन भइसकेको केआई नेपाल कपिलबस्तुका जिल्ला संयोजक केसर बिश्वकर्माले जानकारी दिए ।
कपिलवस्तुको कृष्णनगर नाकालाई मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’को रुपमा लिइन्छ । नेपाली चेलीहरुलाई बिभिन्न प्रलोभन देखाइ कृष्णनगर लगायतका नाका हुँदै भारतका नयाँदिल्ली, पन्जाब, हरियाणा, इलाहाबाद, सिमला, चण्डिगढ, गोरखपुर, इटवालगायत ठाउँमा लगेर बिक्री गर्ने र यौनधन्दामा लाग्न बाध्य पार्ने गिरोह सक्रिय रहेको प्रहरीको दावी छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget