विराटनगर,पौष १० गते । संघीय समाजवादी फोरम नेपालको मोरंग अध्यक्षमा राजकुमार यादव अत्यधिक बहुमतले निर्वाचित हुनुभएको छ । ४४० मत प्राप्त गरेर यादव अध्यक्षमा चयन हुनुभएको छ ।
उहाँका प्रतिद्वन्दी प्रमोद शर्माले ७१ मत प्राप्त गर्नुभएको छ । आज भएको निर्वाचनमा यादव बहुमतले निर्वाचित हुनुभएको हो । केन्द्रिय सचिव पर्शुराम बस्नेतले यादवलाई नयाँ कार्यसमितिको अध्यक्षमा राजकुमार यादवलाई पदको शपथ ग्रहण गराउनु भएको छ । आफू अध्यक्षमा निर्वाचित भएपछि अध्यक्ष यादवले नयाँ कार्यसमितिको विस्तार गर्ने बताउनु भएको छ । निर्वाचित भएपछि अहिले साँझ रेड एफएम कुरा गर्दै यादवले अब आफूले संगठनलाई सशक्त ढंगबाट अगाडि बढाउने बताउनु भएको छ ।
नव निर्वाचित यादवले पार्टीले उठाएको मागलाई सशक्त ढंगबाट अगाडि बढाउने बताउनुभयो । उहाँले संगठन निर्माणमा आफ्नो ध्यान आकृष्ठ हुने बताउँदै कार्य समितिलाई पूर्णतादिने बताउनु भएको छ ।
Post a Comment