Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

आगलागीबाट ऐतिहासिक आठराईको संक्रान्ति बजार ध्वस्त


विराटनगर, पुष १ गते । ऐतिहासिक आठराई क्षेत्रको मुख्य व्यापारिक केन्द्र सक्रान्तिबजारमा शुक्रबार दिउँसो भएको आगलागीमा ३२ घर जल्दा ५० बढी परिवार विचल्लीमा परेका छन् । कठ्याग्रिँदो चिसोमा ओत लाग्ने घरसँगै लत्ताकपडा, धनमाल र खाद्यान्नसमेत जलेर नष्ट भएपछि आगलागी पीडित खुला आकाशमुनि बस्न बाध्य भएका छन् ।
काठ, बाँस र जस्तापाताले बनेका अधिकांश घरहरु रहेको सक्रान्तिबजारमा आगो निभाउने दमकल, पानी र पर्याप्त जनशक्ति नहुँदा आँखै अघि घर र धनमाल जलेर खरानी भएका छन् । जिल्ला दैवी प्रकोप उद्धार समितिको शुक्रबार बेलुका बसेको बैठकले आगलागी पीडितलाई तत्कालका लागि खाना र आवासको व्यवस्था स्थानीय त्रिमोहन माविमा राखेर गर्न सक्रान्तिबजार गाविसलाई निर्देशन दिएको छ ।
शनिबार बेलुकादेखि पीडितलाई खाना, बास र आवासको व्यवस्थापन समिति आर्फैले गर्ने निर्णय गरेकोे प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानले जानकारी दिनुभयो । आगलागी पीडितलाई शनिबार दैवी प्रकोप उद्धार समितिले नुन, तेल, चामल, चाउचाउ लगायत गरी प्रतिपरिवार १७ सय रुपैयाँ बराबरको खाद्यान्न सामाग्री वितरण गर्ने निर्णय गरेको छ ।


यस्तै नेपाल रेडक्रस सोसाइटीले पनि शनिबारै राहत सामाग्री वितरण गर्ने जनाएको छ । आगलागी पीडित उद्योगी व्यापारीलाई तेह्रथुम उद्योग वाणिज्य संघले क्षति हेरी नगदै राहत वितरण गर्ने तयारी गरेको छ ।
सदरमुकामदेखि झण्डै १२ कोष पूर्वमा अवस्थित पूर्वकै पुरानो सक्रान्ति बजारमा हरेक महिनाको एक गते र शनिबार हटिया लाग्ने गर्छ । शुक्रबार बिहान हटिया चलिरहेकै बेला स्थानीय अग्नि सेडाईको घरबाट सल्किएको आगो नियन्त्रणका लागि पानी र दमकल दुवै नहुँदा ठूलो क्षति बेहोर्नु परेको हो ।


दुई बजेतिर पुगेको फिदिम नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीय बासिन्दाले झण्डै साढे चार घण्टापछि मात्रै आगो निभाएका थिए । आगलागीबाट ३२ घर पूर्ण रुपमा जलेका छन् भने नियन्त्रणका लागि ३ घर स्काभेटर प्रयोग गरी भत्काइएको छ । ती घरमा डेरा गरी बस्ने ३४ परिवार विस्थापित भएको इलाका प्रशासन कार्यालय प्रमुख सफल पोर्तेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार आगलागीबाट होम सिटौला, रत्न गहतराज, रेवती भट्टराई, कविता लिम्बू, रमेश सिटौला, जयेन्द्र तामाङ, लिलादेवी श्रेष्ठ, दिपेश प्रसाई, खड्ग पयाङवु, सानुकुमार चोङवाङ, सुभद्रा बाँनिया, हिमलाल थापा, इन्द्र गौतम, खड्ग आले, वुद्धी गुरुङ, नारायणी गुरुङ, बद्री सेढाँई, सूर्य गुरुङ, अमृत गहतराज, रत्न तामाङ, देवेन्द्र पाहिम, मानबहादुर बस्याल, नारायण गुरुङ, देउमान ईङनाम, डोलेश्वर मगर र अग्नी सेढाँईको घर जलेका छन् ।
यीमध्ये बद्री सेडाई, अमृत गहतराज, देवेन्द्र पाहिम र खड्ग आलेका दुई दुई वटा घर जलेका छन् । आगलागीबाट एउटा आईएमई, एनएमबी माइक्रो फाइनान्स, श्रमकण बचत तथा ऋण सहकारी र सुविसु इन्टरनेट तथा एउटा ग्यारेज जलेका छन् । आगलागी सुरु भएपछि आसपासका पसल र डेरावालहरुलाई आफ्ना सामाग्रीहरुमध्ये महत्वपूर्ण सामानहरुलाई सुरक्षित गर्न प्रहरीले सुचित गरेको थियो ।
अग्नी सेढाईको घरमा राखिएको ग्यास सिलिन्डर पड्किएर आगलागी सुरु भएको थियो ।  आगलागीबाट भएको क्षतिको विवरण संकलन गर्न थालिएको प्रहरीले जनाएको छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget