
दाङ, मंसिर १९ – गोली प्रहार गरी आइतबार साँझ दाङमा एक महिलाको हत्या भएको छ । दाङको त्रिपुर–३ निवासी विक्रम थापाले आफ्नै भाउजु पूर्णा थापाको गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक धिरजप्रताव सिंहले बताउनुभयो ।
साँझ ५ः३० बजेको समयमा उनको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानका लागि एक जनालाई पक्राउ गरेको छ भने मुख्य अभियुक्त थापा फरार रहेकाले खोजी कार्य जारी रहेको उहाँले बताउनुभयो । – रासस
Post a Comment