Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

चिसोका कारण विराटनगरको जनजीवन कष्टकर


shitlaharको लागि तस्बिर परिणाम

विराटनगर, मंसिर २८ गते । विगत केही दिनदेखि एक्कासि बढेको चिसोका कारण यहाँको जनजीवन कष्टकर बनेको छ ।
शीतलहरसँगै चिसो बढेपछि विराटनगरलगायतका बजारहरुमा चहलपहल निकै घटेको छ । कुहिरोसँगै चल्ने चिसो हावाले घरबाहिर निस्कनसमेत समस्या हुने गरेको कटहरी १ का सुवास खतिवडाले बताउनुभयो ।
अत्यधिक चिसोका कारण अस्पतालहरुमा चिसोका विरामीको चाप बढेको छ । अस्पतालमा चिसोका कारण  बालबालिका र बृद्ध, वृद्धालाई असर गरेको कोशी अञ्चल अस्पतालका चिकित्सकले बताएका छन् । खासगरी अस्पतालमा बालबालिका, वृद्धवद्धामा लाग्ने निमोनिया, खोकी, घाँटी दुख्नेजस्ता रोगका बिरामी अस्पतालमा देखापर्न थालेको बताइएको छ ।
यस्तै, बालबालिकामा निमोनिया, ज्वरो, घाँटी दुख्ने, घाँटीमा टन्सिल देखापर्नेजस्ता बिरामी अहिले अस्पतालमा उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ । त्यस्तै अस्पतालसहित विभिन्न स्वास्थ्य संस्थामा पनि दम, खोकी, निमोनिया लगायतका बिरामीको चाप बढेको चिकित्सकले बताएका छन् । एक्कासि अत्यधिक चिसो बढेपछि जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थितिसमेत न्यून देखिएको छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget