विराटनगर मंसिर ३०,
मंगल ग्रहमा अनौठो बनावट देखिएको छ ।पृथ्वीको सबभन्दा निकट रहेको मंगल ग्रहमा अनौठो बनावट देखिएको हो । इन्टरनेट सञ्जालको “मुन्डो डेस्कोनोसिडो” नाम शीर्षकको यु ट्युब प्रसारणमा हालै मात्र पोष्ट गरिएको मङ्गल ग्रहको पछिल्लो तस्बीरमा तीन वटा निकै अग्ला टावर देखिएका छन् । झट्ट हेर्दा ती तीनवटै टावर बिशाल भौतिक संरचना जस्ता देखिन्छन् । एउटा टावरको उचाई चार हजार आठसय मिटर ९४।८ किलोमिटर० भएको अड्कल गरिएको छ ।
ती तीनवटै टावर ठ्याक्कै सीधा रेखा ९स्ट्रेट लाइन० मा निर्माण गरिएको देखिनाले कुनै सिपालु कारिगरले धेरै वर्ष लगाएर बनेका भौतिक संरचना जस्तो देखिएको छ ।
एकजना अज्ञात ब्यक्तिले मङ्गल ग्रहको केही पछिल्ला तस्बीरहरु पोष्ट गरेका हुन् । “थ्रि डि” भिजन र बिभिन्न कोणबाट खिचिएका तस्वीरहरु पोष्ट गर्ने ती ब्यक्तिको परिचय भने खुल्न सकेको छैन ।
यस अघि, मङ्गल ग्रहको तस्बीर खिँच्दै प्रसारण गर्ने संस्थाहरुः मार्स ग्लोबल सर्भेयर र मार्स ओडिस्सी मिसनले सम्प्रेषण गर्ने गरेका तस्वीरभन्दा अहिले पोष्ट गरिएका तस्वीरहरु उच्च गुणस्तरका र बढी प्रष्ट छन् ।
पृथ्वी बाहेकको अन्य ग्रहमा पनि अन् आइडेन्टिफाइड फ्लाइङ्ग अब्जेक्ट ९युएफओ० को अस्तित्व छ भनी विश्वास राख्ने अनुसन्धानकर्ताहरु माझ भने उक्त तस्वीरले निकै कौतुहल्ता बनाएको छ ।
तस्बीर पोष्ट गर्ने सो अज्ञात ब्यक्तिले भने “टावरको संरचना तथा सीधा रेखामा निर्मित वनावट हेर्दा यो एक संयोग मात्र नभएर मङ्गल ग्रहमा साँच्चिकै अत्याधुनिक प्रबिधि छ भन्न कर लाग्ने” भनी टिप्पणी समेत गरेका छन् ।
यता, अमेरिकी राष्ट्रिय अन्तरिक्ष अध्ययन संस्था नासाका बैज्ञानिकहरु भने सो तस्वीर देखेर त्यत्ति प्रभावित छैनन् र उनीहरु यसलाई कुनै नौलो कुरो पत्ता लागेको मान्न तयार छैनन् पनि । मङ्गल ग्रहमा देखिएको भनिएको टावर पनि एक किसिमको “प्यारेडोलिया” नै भएको नासाका बैज्ञानिकहरुको टिप्पणी छ ।
Post a Comment