Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

१ अर्ब ६० करोड भन्दा बढी रकम ठगी गरेर फरार सुधीर बस्नेत पक्राउ

 काठमाडौं १३ पुस, ।
अर्बोको रकम ठगी गरेर फरार रहेका सुधीर बस्ने पक्राउ परेका छन् १ अर्ब ६० करोड भन्दा बढी रकम ठगी गरेर फरार भएका बस्नेत गएराति पक्राउ परेका हुन् । काठमाडौंको धापासीस्थित आफ्नै घरमा सुतिरहेका बेला गएराती ११ बजे अदालतको फैसला कार्यान्वयन इकाइ, काठमाडौं प्रहरी र अपराध महाशाखाको संयुक्त टोलीले पक्राउ गरेको हो ।
लामो समय भारतमा लुकेर बस्दै आएका उनी हिजो मात्र घर आएका थिए । र विशेष सुराकीको आधारमा प्रहरीको संयुक्त टोलीले उनलाई पक्राउ गरेको काठमाडौंका निमित्त प्रहरी प्रमुख प्रद्युम्न कार्कीले जानकारी दिए । उनले हाउजिङ्ग व्यवसायका लागि सर्वसाधारणसँग करोडौ‌ रकम लिएका लिए। बै‌कहरुबाट पनि ऋण लिएका थिए।
कोहिनूर हिल हाउजिङ एण्ड कोहिनूर बिल्डर्सका नाममा बैंकहरुबाट बस्नेतले ७० करोड रुपैयाँ लिएका छन् । राष्ट्रिय वाणिज्य बैंकको २१ करोड ७१ लाख रुपैयाँ कर्जा उनले तिर्न सकेका थिएनन ।
उनले प्राइम कमर्शियल बैंकबाट २० करोड ४६ लाख, कुमारी बैंकको ७ करोड ३६ लाख र सिद्धार्थ बैंकको ६ करोड १५ लाख रुपैयाँ कोहिनूर हाउजिङमा लिएका थिए। नबिल बैंकको १४ करोड ६ लाख रुपैयाँ बस्नेतले डुबाएका छन् ।
ओरेन्टियल विल्डर्सको नाममा उनले एनआईसी एसिया बैंकबाट २० करोड एक लाख ३ ऋण लिएका थिए। ऋण लिने र नतिर्ने गरेपछि उनी भूमिगत जस्तै भएका थिए। त्यसपछि अदालतले उनलाइ २ वर्ष कैदको समेत सजायँ सुनाएको थियो। पक्राउ परेका बस्नेतलाई अदालतको फैसला कार्यान्वयन गराउन अदालत मार्फत कारागार चलान गरिने कार्कीले बताए ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget