पोखरा पुस ३
पोखराका एक यूवा विकल्प ढुंगानाले मोटरसाईकल र स्कुटरमा नयाँ प्रविधिको आविष्कार गरेको दाबी गरेका छन् । उनले शनिबार पोखरामा हेलमेट नलगाएको र मादक पदार्थ सेवन गरेको खण्डमा दुई पांग्रे सवारी साधन आँफै रोकिने प्रविधिको प्रदर्शन गरे । यस अघि नै उनको यो प्रविधिलाई ट्राफिक प्रहरी कार्यालय कास्कीले परिक्षण गरेर प्रमाणित समेत गरिसकेको छ । उनको प्रविधिको परिक्षण पश्चात ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख विश्वराज अधिकारीले औपचारिक रुपमा नै परिक्षण सफल भएको जानाकारी दिए । कार्यक्रममा बोल्दै ढुंगानाले आफ्नो साभाष नामक यो प्रविधिमा हेलमेटमा दुई थरी डिटेक्टरहरुको प्रयोग गरिएको बताए ।
आफुले तयार पारेको यो प्र्र्विधिले सडक दुर्घटना न्युनिकरणमा उल्लेख्य भूमिका खेल्ने विकल्प ढुंगानाको दाबी छ । प्रर्दशनीमा ढुंगानाले अध्ययन गरिरहेको पोखरा मल्टीमोडेल कलेजका प्राचार्य कृष्ण केसीले विकल्प जस्ता प्रतिभाहरुलाई पलायन हुनबाट रोक्न सरकारी स्तरबाटै पहल हुनुपर्ने बताए । कलेजका बिज्ञान संकायका प्रमुख डा। चन्द्रबहादुर थापाले उनको प्रविधिलाई जनस्तरमा लैजान विस्तृत अध्ययन गर्नुपर्ने खाँचो औल्याएँ ।
तनहुँ मनपाङ घर भई विगत केही वर्षदेखि पोखरामा बस्दै आएका विकल्पले गत वर्षको युवा प्रतिभा पुरस्कार समेत जितिसकेका छन । उनले गृहजिल्ला तनहुँ लगायत काठमाडौं, पोखरा जस्ता ठाउँहरुमा यो प्रबिधीको प्रदर्शन गरिसकेका छन् । यसका साथैे ढुंगानाले हेलिकप्टर, बम डिस्पोजेबल रोवर्ट, भूकम्प सुचक यन्त्र, म्यानुयल लोडिङ्ग एण्ड लिफ्टिङ्ग रोवर्ट, घाँस काट्ने मेसिन लगायत डेढ दर्जन यन्त्रहरुको आविष्कार गरिसकेका छन् ।
Post a Comment