Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

८ सय मिटर दौड महिला र पुरुष इभेन्टमा नेपाल आर्मीलाई दुई स्वर्ण



पुस ११, विराटनगर
 स् सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार बिहान भएको ८ सय मिटर दौडको महिला र पुरुष इभेन्टमा नेपाल आर्मीले दुई स्वर्ण पदक जितेको छ। ८ सय मिटर दौड महिलामा आर्मीकी सरस्वती भट्टराई र ८ सय मिटर दौड पुरुषमा आर्मीकै सोमबहादुर कुमालले स्वर्ण पदक जितेका हुन्। महिला ८ सय मिटर दौड भट्टराईले २ मिनेट १९.४२ सेकेन्डमा पूरा गरेर स्वर्ण जितिन्। त्यस्तै पुरुष ८ सय मिटर दौड २ मिनेट २.४७ सेकेन्डमा पूरा गरेर सोमबहादुरले स्वर्ण जितेका हुन्।  ८ सय मिटरको दुबै इभेन्टमा रजत पदक पनि आर्मीले नै जितेको छ। महिलातर्फ आर्मीकै सानुमाया कार्कीले २ मिनेट २५.५६ सेकेन्डमा पूरा गरेर रजत जितिन् भने पुरुषतर्फ जीवन चौधरीले २ मिनेट ४.७१ सेकेन्डमा पूरा गरेर रजत जिते। महिला ८ सय मिटर दौडमा सुदूर पश्चिमकी सीमाकुमारी चौधरीले २ मिनेट ३१.६२ सेकेन्डमा दौड पूरा गरेर कास्य जितिन्। पुरुष ८ सय मिटरमा सशस्त्र प्रहरीका हिक्मत कार्कीले २ मिनेट ४.८७ सेकेन्डमा पूरा गरेर कास्य पदक जिते।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget