Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

आगलागीबाट चार घरमा क्षति

burning house in teraiको लागि तस्बिर परिणाम
फाइल तस्वीर 
विराटनगर, मंसिर १८ गते। पूर्वाञ्चलका बिभिन्न जिल्लाहरुमा शुक्रबार आगलागीबाट चार घर जलेका छन्। आगलागीबाट अन्दाजी ४४ लाख ५० हजार बराबरको क्षति भएको अनुमान गरिएको छ। 

ईलामको इभाङ गाविस ४ स्थित कुलबहादुर राईको ढुङ्गा, माटोले बनेको घरमा शुक्रबार दिउँसो कोही नभएको अवस्थामा अचानक आगलागी हुँदा उनको घर, ३ तोला सुन, १० चाँदी र अन्य समान जल्दा अन्दाजी ११ लाख ५० हजार बराबरको क्षति भएको बताइएको छ। आगलागी प्रहरी चौकी साक्पाराबाट गएको प्रहरी र गाउँलेको प्रयासमा नियन्त्रणमा आएको थियो। 

त्यसैगरी सुनसरीको बराहक्षेत्र ४ स्थित प्रदिप बस्नेतको दुइ तले घरको तल्लो तलामा रहेको भाँडा पसलमा शुक्रबार साँझ साढे ६ बजेतिर अचानक बिधुत लाईन सर्ट भई आगलागी भएको छ। आगलागीबाट घर तथा सो घरमा भाडामा रहेको धरान १६ का दिपक श्रेष्ठको पसलका सामानहरु जलेर अन्दाजी २५ लाख बराबरको क्षति भएको बताइएको छ। आगो इलाका प्रहरी कार्यालय चतराबाट गएको प्रहरी र स्थानियवासीको सहयोगमा साँझ ७ बजे नियन्त्रणमा आएको थियो। 

यता सप्तरीको कंचन-रुप नगरपालिका ५ मा शुक्रबार राती आगलागीबाट दुई घर जलेका छन। स्थानीय राधेश्याम राउतको घरमा लागेको आगोले नजिकै रहेको राम बहादुर राउतको घरसमेत जलेको हो। आगलागीबाट दुबै जनाको काठले बनेको तथा ग्वाली जल्दा अन्दाजी ९ लाख बराबरको क्षति भएको बताइएको छ। आगलागी इलाका प्रहरी कार्यालय कंचनपुरबाट गएको टोलीले दमकलको सहयोगमा नियन्त्रण गरेका थिए।
Reactions:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget