Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

फेसबुकमा लाइक बढाउन नक्कली एकाउन्ट


facebookको लागि तस्बिर परिणाम

काठमाडौं, मंसिर २० । प्रधानमन्त्री, मन्त्री र मन्त्रीसरहका व्यक्तिको निजी विवरण सामाजिक संजालमा व्यापारिक प्रयोजनका लागि राख्ने गरेको पाइएको छ ।केही दिनयता प्रधानमन्त्री पुष्पकमल दाहालको तस्बिर तथा विवरण प्रयोग गरेर एउटा फेसबुक पेजले लाइक बटुल्दै छ । त्यस्तै अर्को नाम चलेको अनलाइन साइटले स्वास्थ्यमन्त्री गगन थापाको तस्बिर राखेर आफ्नो फेसबुक पेजको खुलेआम विज्ञापन गरिरहेको छ ।

फेसबुक पेजको लाइक बढाउन पैसा तिरेर प्रवर्द्धन गर्दा यस्ता विशिष्ट व्यक्तिका तस्बिर वा विवरण राखेर विज्ञापन गर्ने प्रवृत्ति बढ्दो छ तर यस कार्यप्रति सम्बन्धित व्यक्ति र निकाय मौन छन् ।

राजनीतिक दलका चर्चित नेता, सभासद, कलाकार, समाजसेवी र समाजमा प्रतिष्ठित व्यक्तिका नक्कली एकाउन्ट अनगिन्ती संख्यामा भेटिन्छन् ।

त्यस्तै पूर्व प्रधानमन्त्री केपी ओली, शेरबहादुर देउवा, बाबुराम भट्टराईलगायतका विशिष्ट व्यक्तिको समेत फेसबुकमा त्यस्तै नक्कली एकाउन्टको संख्या दर्जनभन्दा बढी छ ।

महानगरीय अपराध महाशाखाका अनुसार आर्थिक वर्ष २०७१/०७२ मा ३०९ उजुरी साइबर अपराधमा परेका थिए । त्यस्तै आर्थिक वर्ष २०७२/०७३ मा ६५० उजुरी परिसकेका छन् ।

महाशाखाका अनुसार नेपालमा साइबर अपराधमध्ये करिब ९० प्रतिशत अपराध फेसबुकबाट हुने गरेको छ । –गोरखापत्र दैनिकबाट
Reactions:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget