Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

नेपालमै मोबाइल सेट उत्पादन हुने




काठमाडौँ, ३० मङ्सिर । भारतीय मोबाइल उत्पादक कम्पनी फास्टट्रयाक कम्युनिकेसन प्रालिले नेपाली व्यवसायीसँग सहकार्य गरेर नेपालमै मोबाइल सेट उत्पादन गर्ने भएको छ ।

त्यस कम्पनीले नेपालका व्यवसायीको कम्पनी प्रभु मोबाइल प्रालिसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

फास्टट्रयाक कम्पनीका निर्देशक योगेश चौगले आउँदो एक वर्षभित्रमा नेपालमा मोबाइल सेट उत्पादन कम्पनी स्थापना गरिसक्ने बताउनुभयो ।

काठमाडौँ वा चितवनमध्ये एक ठाउँमा उद्योग स्थापनाका लागि अध्ययन भइरहेको पनि उहाँले बताउनुभयो ।

प्रभु मोबाइल प्रालिका निर्देशक केशव लामिछानेले नेपालमै मोबाइल सेटको उत्पादन हुनसके मूल्य अझै घटाउन सकिने बताउनुभयो ।

फास्टट्रयाकले भारतमा वार्षिक दुई अर्ब बराबरको मोबाइल बिक्री गर्दै आएकोे छ ।
सम्भावनाको खोजी गर्दै दृढइच्छा शक्तिका साथ निरन्तर लाग्ने हो भने गाईपालन व्यवसायसँगै फर्म अवलोकन पनि आम्दानीको राम्रो स्रोत बन्न सक्छ भन्ने नमुना गोरखाका कृषक राजेन्द्रराज पाण्डे बन्नुभएको छ ।

पालुङटार नगरपालिका–३ च्याङ्लीमा रहेको कामधेनु गाईपालन केन्द्रबाट दैनिक तीन हजार ५०० लिटर दूध बिक्री गर्दै आउनुभएका कृषक पाण्डुुेले एक वर्षमा केन्द्रको अवलोकन गर्न आएका चार सयवटा समूहबाट टिकट काटेबापत चार लाख अतिरिक्त आम्दानी गर्नुभएको छ ।

विसं २०५२ मा सातवटा उन्नतजातका गाईबाट व्यवसाय सुरु गर्नुभएका पाण्डेको गाईकेन्द्रमा हाल २८० वटा गाई रहेका छन् ।

उहाँको गोठमा रहेका एक सय २५ गाई दुधालु रहेका छन् । “दैनिक तीन हजार ५०० लिटर दूध उत्पादन हुन्छ,भने मासिक करिब १८ लाख आम्दानी हुनेगरेको कृषक राजेन्द्रराज पाण्डेले बताउनुभयो ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget