विराटनगर पुस १५ । स्वास्थ्य मन्त्रालयले मिर्गौला रोगीलाई निःशुल्क डायलाइसिस सेवा दिन थप ११ अस्पताललाई अनुमति दिएको छ । सरकारले वीरेन्द्र सैनिक अस्पताल र १० निजी अस्पतालसहित ११ वटा स्वास्थ्य संस्थालाई अनुमति दिएको हो । यो अनुमतिसँगै देशभरका ४३ अस्पतालवाट निःशुल्क डायलाइसिस सेवा उपलब्ध हुनेछ । वीरेन्द्र सैनिक अस्पताल, ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पताल, अल्का अस्पताल, सुमेरु अस्पताल, हिमाल अस्पताल, बयोधा अस्पताल रहेका छन् ।
उपत्यका बाहिर रुपन्देहीको गौतमबुद्ध सामुदायिक अस्पताल, सिद्धार्थ सिटी अस्पताल, क्रियसन अस्पताल, पोखराको चरक मेमोरियल अस्पताल र विराटनगरको नेपाल स्वास्थ्य विकास अनुसन्धान संस्था रहेको चिकित्सा व्यवस्थापन महाशाखाका उपसचिव रामकृष्ण लामिछानेले जानकारी दिए । अहिले मानव अङ्ग प्रत्यारोपण केन्द्र, मिर्गौला केन्द्र र चार वटा अञ्चल अस्पतालसहित ३२ अस्पतालमा सरकारले निःशुल्क डायलाइसिसको व्यवस्था गरेको छ ।
Post a Comment