विराटनगर पुस ३रोशन पोखरेल
राष्ट्रिय गौरवको रुपमा रहेको सातौ खेलकुद २०७३ पुर्वाचलमा पुस ८ गते देखी १५ गते सम्म विराटनगरको शहिद रंगशालामा हुने भएको छ । सो अवसरमा विभिन्न ३५ ओटा खेल हुने भएको छ ।
हिजो पूर्वाञ्चलको इटहरी र मध्यामाञ्चलको काठमान्डौँमा भएको बसिङ छनोैट प्रतियोगिता सगै खेलाडि छनौटको कार्यक्रम अन्तिम चरमा पुगेको छ । खेलकुद प्रतियोतिता छनौट मार्फत ४३१० र प्रत्यक्ष सहभागिता तर्फ १५३९ र ५८४९ जना खेलाडिले सहभागिता जनाउने भएका छन ।
साथै ११६१ क्षेत्रिय छनौट तथा ५०८ प्रत्यक्ष गरि १६६९ महिला खेलाडि ले सातौ खेलकुद प्रतियोगितामा आफनो कला प्रष्फुटन गर्ने भएका छन । जस मध्ये २९४ स्वर्ण , २९४ रजत गरि जम्मा १०३५ पदकका लागी प्रर्दशन हुने आयोजकले जानकारी दिएको छ । सो प्रतियोगितामा स्क्वास , साइक्लिङ , आचरी तथा फेन्सिड पदक तालिका गणना नहुने भएको छ ।
त्यस मध्ये म्याराथोन पोखरामा , शारिरिक सुगठन र पौडि ललितपुरको सात दोवाटोमा हुने आयोजकले जानकारी दिएको छ । तिस खेलको प्रतिष्पधा मध्ये स्क्वार ललितपुरमा , फेन्सिङ काठमान्डौँमा र एथलेटिक्स पोखरामा खेलाइने भएको छ । सुनसरी , मोरङ , सिरहा , सप्तरी , धनकुटा र पोखरामा पनि विभिन्न प्रतियोगिता गरिने भएको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले जानकारी दिनुभयो ।
Post a Comment