विराटनगर, पुस १३ गते।
उदयपुरको कटारी नगरपालिका २ बेलश्रोतबाट प्रहरीले मंगलबार एक ट्रकबाट अवैध १६ वोरा अवैध सुर्ती बरामद गरेको छ। प्रहरी चौकी बेलश्रोतबाट खटिएका टोलीले सवारी चेकजाँचकाक्रममा ना ३ ख १२५ नम्बरको मिनि ट्रकबाट राजश्व छलेको एक हजार दुई सय असी प्याकेट (१६ बोरा) गोल्डेन टेम्पल नाम गरेको तयारी सुर्ती बरामद गरेको हो। बरामद सुर्तीसहित ट्रक आवश्वयक कारवाहीकालागी लहानस्थित कर कार्यालयमा पठाइएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।
Post a Comment