Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

तिवारी हत्याको विरोधमा लुम्विनी अञ्चल बन्द


विराटनगर पुस ५ – युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा लुम्विनी अञ्चलमा बन्द भएको छ । रुपन्देही, पाल्पा, कपिलवस्तु, नवलपरासी, गुल्मी तथा अर्घाखाँचीमा बन्द भएको छ ।
बन्दका कारण मंगलबार बिहानैदेखि गाडी चलेका छैनन् । बजार, पसल तथा शैक्षिक र्सस्थाहरु ठप्प छन् । हत्यारालाई पक्राउ गरी कानुनी कारवाहीको माग गर्दै नेकपा एमालेले लुम्विनी अञ्चल बन्दको आह्वान गरेको हो ।
पाल्पामा सोमाबार बेलुकादेखि नै बन्द छ । युवा संघ पाल्पाका अध्यक्ष करुणा काफ्लेले मंगलबार बिहान ६ देखि बेलुक ६ बजेसम्म बन्द रहेको जानकारी दिनुभयो ।
यस्तै युवा संघ कपिलवस्तुले आह्वान गरेको चक्काजामका कारण पूर्व–पश्चिम राजमार्ग, चन्द्रौटा–कृष्णनगर, जितपुर–तौलिहवा र तौलिहवा–लुम्विनी सडकखण्डमा गाडी चलेका छैनन् ।
यसैबिच सरकारले संविधान संशोधन मार्फत पाँच नम्बर प्रदेश टुक्राउन लागेको भन्दै त्यसको विरोधमा भएको बन्द २० दिनपछि सोमबार ११ बजेदेखि खुलेको गुल्मीमा फेरि बन्द भएको छ । बन्द खुलेको १८ घण्टापछि फेरि बन्द भएको हो ।
तिवारीको हत्याको विरोधमा युवा संघ गुल्मीले मंगलबार बिहानैदेखि गुल्मीमा प्रदर्शन गरेको छ । यस्तै रुपन्देही  नवलपरासी तथा अर्घाखाँचीमा पनि बिहानैदेखि बन्द भएको छ । 

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget