Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

सोनापुरको हनुमन्त पोली प्याकमा भीषण आगलागी, आगो नियन्त्रण बाहिर

burningको लागि तस्बिर परिणाम
बिराटनगर, मङ्सिर २१ गते,  सोनापुर –३ मा रहेको हनुमन्त पोली प्याकमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी भएसँगै फ्याक्ट्री भित्र रार्खिका ग्यासका सिलिन्डर विष्फोट हुँदा आसपासका स्थानीयबासी आतंकित भएका छन् । ग्यास पड्कदा आगो निभाउँन पुगेका तीन जना उद्धारकर्मीहरुसमेत घाईते भएका छन् ।

घाईते हुनेहरुमा राज यादव, दिलिप चौधरी र अमृत श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।  आगो नियन्त्रणकोक्रममा उनीहरु घाईते भएका हुन । घट्नामा एउटा बोलेरो गाडी समेत जलेको प्रहरीले जनाएको छ ।

धरान, इटहरी, विराटनगर, इनरुवालगायतका दमकल तथा स्थानिय, नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरीको टोलीले आगो नियन्त्रणको प्रयास जारी राखेको भए पनि आगो नियन्त्रण बाहिर रहेको स्थानिय उमेश साहले बताए । 

आगलागी भएको फम भित्ररहेको फ्याक्ट्री खेतको विचमा भएको कारण र ग्यासहरु ठूलो संख्यामा पड्केको कारण दमकलहरुसम्म उक्त स्थानसम्म पुग्न १ घण्टा लागेको थियो । स्थानीय अगुवा विनय दाहालले आगलागीको कारण अहिले सम्म पत्ता नलागेको बताए । 

उक्त फम धरानका मनिष अग्रवालको भएको वताईएको छ । आगो नियन्त्रण बाहिर रहेकाले फर्मलाई बचाउने सम्भावना निकै कम भएको बताइएको । आगो निभाउँन समस्या भएको इलाका प्रहरी कार्यलय दुहवीका इन्स्पेक्टर शिवकुमार पोखरेलले बताएका छन् । ग्यास लिक भएरै आगो लागेको हुनसक्ने उनले बताए ।
Reactions:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget