
काठमाडौं, मंसिर १९ गते । लोकमानसिंह कार्कीविरुद्ध महाभियोगको प्रस्ताव किन ल्याइयो भन्न बहस विगत केही समयदेखि मुख्य रुपमा उठ्ने गरेको छ । कार्कीमाथिको यो चर्चासँग एक अर्को खुलासा भएको छ । उहाँमाथि महाभियोगको प्रस्ताव दर्ता गर्नुको पछाडि राष्ट्यि अनुसन्धान विभागले तयार गरेको ४०६ पृष्ठ लामो एक गोप्य प्रतिवेदन पनि मुख्य कारण रहेको खुलासा भएको छ ।
अनुसन्धान विभागले राजनीतिक दलको आडमा भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाउनेहरुको विस्तृत विवरणसहितको प्रतिवेदन करिब एक वर्षअगाडि नै लोकमानसिंह कार्कीलाई बुझाएको थियो । प्रतिवेदनमा देशका ठूला ेताहरुको नाम रहेको छ भने त्यही प्रतिवेदनका आधारमा लोकमानले उनीहरुविरुद्ध अपरेशन सुरु गर्ने अभियानमा लाग्नु भएको थियो । प्रतिवेदनमा रहेको नामावलीअनुसार १९५ जनाविरद्ध कारबाही गर्ने अन्तिम तयारी रहेको बेला अख्तियारबाटै सूचना चुहिएपछि आफूहरु जोगिन महाभियोग प्रस्ताव दर्ता गराएको स्रोतको दाबी छ ।
अनुसन्धान विभागका प्रमुख दिलीपराज रेग्मीले २०७२ साल असोज १० गते पठाएको प्रतिवेदनमा २०४६ सालदेखि कसले कसरी र कति अवैद्य सम्पत्ति आर्जन गरे भन्ने विषयमा विस्तृत अध्ययन समेटिएको थियो । उक्त प्रतिवेदन तयार गर्नका लागि राष्ट्यि अनुसन्धान विभागलाई अख्तियारले पनि सहयोग गरेको बताइन्छ ।
सो फाइलको एक प्रति लोकमानले सुरक्षित राखेको बताइएको छ । उहाँले बेला बेलामा भ्रष्टहरुको विवरण सार्वजनिक गर्छु भनेको पनि त्यही फाइल रहेको स्रोत बताउँछ । लोकमानले जसरी पनि भ्रष्टाचारीलाई कारवाही गरेरै छाड्ने अडान लिएपछि लोकमानसिंहविरुद्धको महाभियोगको प्रस्तावले भनेजस्तो गति लिन नसकेको बताइन्छ ।
Post a Comment