सोडियम बाई-कार्बोनेट (खाने सोडा) को दैनिक प्रयोगले अप्रत्यासिक रुपमा मिर्गौला रोगी लाई फाईदा पुग्ने कुरा हाल सालै गरिएको एक बैज्ञानिक अनुसन्धानले देखाएको छ । हरेक बर्षा मिर्गौला दाताको अभावमा सयौको सन्ख्यामा मिर्गौला रोगीहरुको मृत्यु हुने गरेको तथ्यान्क हामीहरु सँग छ ।
कम बाइ-कार्बोनेट् (Metabolic Acidosis) स्तर भएका मिर्गौला रोगीहरुमा डाक्टरहरुले उक्त उपचार बिधी सुरु गरेका हुन । रोयल लन्डन हस्पिटल का अनुसन्धानकर्ता हरुले १३४ जना मिर्गौला रोगीहरुलाई दैनिक थोरै मात्रामा खाने सोडा लगातार १ बर्ष सम्म खुवाएर उक्त अनुसन्धान थालेका थिए ।
खाने सोडा दिइएको बिरामिहरुमा नखाने बिरामीहरुको तुलना मा मिर्गौलाले राम्रो काम गरेको निर्क्योल उक्त अध्ययन प्रतिबेदनले देखाएको छ ।
मिर्गौला रोगीहरुले मिर्गौला उपचारमा हुने उपचार पद्धती डायलासिस अनि मिर्गौला प्रत्यारोपण जस्ता अति खर्चालु उपचार बाट बच्न दैनिक सोडियम बाई-कार्बोनेट चक्की खानाले फाईदा पुर्याउने कुरा अमेरिकन सोसाइटी अफ नेफ्रोलोजी ले जनाएको छ ।
हाम्रो देशमा पनि अहिले निक्कै मिर्गौलाका रोगीहरु देखिन थालेका छन। हाम्रो जस्तो देशमा यसको उपचार पद्धती अति महँगो र सर्वसाधारणको पहुच भन्दा बाहिर भएको हुँदा किन हामी पनि प्रयोग नगर्ने ? किन ढिला गर्ने ?
खाने सोडा जो हाम्रो बजारमा त्यती महँगो पनि छैन र सजिलै जताततै उपलब्ध हुने हुँदा आजै देखी यस्को प्रयोग थालौ र केहि हद सम्म भएपनी मिर्गौला रोग बाट बचौ र बचाउन मद्दत गरौ ।
Post a Comment