धरान पुस ९
शनिबार बिहानै भएको पहिचान नखुलेको एक युवाको हत्यामा संलग्नको आशङ्कामा प्रहरीले चारजनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरुलाई अनुसन्धानसमेत थालिसकेको छ ।
विकु उपनामका व्यक्तिको हत्या भएको हो । तर, उनको पूरा नाम अझै आइनसकेको प्रहरीले बताएको छ । हत्या शनिबार बिहानको राति ३ र ४ बजेको आसपास भएको प्रहरीले दाबी यस अघि नै गरेको थियो । धरान–१५ स्थित चुम्लुङ हिम परिषर पूर्वतर्फको खेतमा घाँटी रेटिएपछि ढुंगाले टाउँकोमा प्रहार गरिएको अवस्थामा प्रहरीले बिहानै फेला पारेको थियो ।
हत्या भएका युवा लागूऔषध प्रयोगकर्ता भएको नजिकै फेला परेको डे«न्डाइडबाट खुल्न आएको छ । हत्यामा चारैजना एउटै समूहमा युवा रहेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको बताएको छ । तीनजना युवालाई घटना भएको करिव ६ घण्टापछि र एकजनालाई साढे ६ घण्टापछि नियन्त्रणमा लिएको छ ।
तीनजनालाई बिहान ९ बजे र एकजनालाई बिहान साढे ९ बजे नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताएका छन् । घटनामा अनुसन्धान भइरहेकाले नाम खुलाउन नमिल्ने प्रहरीले बताएको छ । शव पोष्टमार्टमको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । युवालाई विभत्स तवरले हत्या गरिएको थियो ।
Post a Comment