Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

प्याजको बेर्ना बिक्रीबाट १२ लाख


धनकुटा, १३ पौष । 

कृषिका लागि उर्बर मानिने धनकुटा नगरपालिका ठोका गाउँ कृषक यतिबेला प्याजको वेर्ना उत्पादन गर्नमा ब्यस्त छन् । प्याजको वेर्ना विक्रीवाटै एकै सिजनमा यो गाँउमा १२ लाखबटिको आम्दानी हुनेगरेकोछ । धनकुटा नगरपालिका वडा नंम्वर ४ स्थित ठोका गाउँकी देबि आठपहरीयालाई यतिबेला प्याजको वेर्ना उत्पादन र बिक्रिबितरण गर्न भ्याईनभ्याई छ । अन्य सयम कोपि, आलु टमाटर लगायतका तरकारीवाली उत्पादन गर्ने देबि पाँच बर्ष यता भने यो सिजनमा प्याजको वेर्ना उत्पादन गरी बिक्रि गर्दै आइरहनु भएको छ । 

गत बर्ष ७० हजार रुपैया बराबरको बेर्ना बिक्रि गर्नुभएको उहाँले यो बर्ष पनि सोहि हाराहारीमा बेर्ना बिक्रि गर्ने योजनामा रहेको छ । देबि जस्तै ठोका गाँउमा रहेका १८ परीवारलाई नै यतिबेला प्याजको वेर्ना उत्पादन र बिक्रि बितरण गर्न भ्याईनभ्याई छ । हरेक घरपरिवारले प्याजको वेर्ना विक्रीवाट न्यूनतम ५० हजार देखि दुई लाख रुपैयासम्म आम्दानी गर्दै आइरहेको स्थानिय वताउछन् ।


 ठोकामा भएको प्याजको वेर्ना उत्पादनका कारण केहि बर्ष अघि सम्म तराईवाट हुने आयात समेत रोकीएको छ । बेर्ना बिक्रिवाट एकै सिजनमा १२ लाख रुपैयाको हाराहारीमा गाँउ भित्रने गरेको स्थानिय कृषक अगमशेर राई वताउनु हुन्छ । एक रोपनि क्षेत्रफलमा गरीएको प्याजको बेर्नावाट दुईलाख रुपैया सम्म आम्दानी हुने गरेको छ ।


 प्याजको ब्याड राखेको ४५ दिनमा बेर्ना विक्री योग्य हुन्छ । ठोकाका किसान असोज अन्तिम तिर प्याजका ब्याड राखी मंसिर पहिलो हप्तादेखि माघ मसान्त सम्म बिक्रि गर्ने गरेका छन् । वजारको समस्या नभएको तथा छोटो समयमा राम्रो आम्दानी हुने भएकाले ठोकावारी प्याजको बेर्ना उत्पादन तर्फ आकर्षण भएको स्थानिय पञ्चकुमारी राई वताउनु हुन्छ । 


यहाँका किसानले प्याजको वेर्ना विक्री गर्न धनकुटाको हिले, मुलघाट, पाख्रीवास र तेह्रथुम वसन्तपुर, म्याग्लुङ बजार लगायतका विभिन्न क्षेत्रका हाटबजार सम्म पुर्याउने गरेका छन् । त्यस्तै नजिकका भीरगाउँ, किन्ताङ, कर्मीटारका लगायत छिमेकी गाउँका किसान समेत ठोकामा वेर्ना खरिदका लागि पुग्ने गरेका छन् ।स्रोत हिमशिखर टेलिभिजन


Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget