काठमाडौं पुस १२ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह पुनर्संरचना आयोगका पदाधिकारीलाई फसाएका छन् ।
छलफलका लागि आज बिहान १०ः३० बजे सिंहदरवारमा बोलाएका प्रधानमन्त्रीले अन्तिम समयमा भेट्न अस्वीकार गरेका छन् । प्रतिवेदन बुझ्न अस्वीकार गर्दै आएका प्रधानमन्त्रीले आज आयोगका अध्यक्ष बालानन्द पौडेललाई सिंहदरबारमा भेट्ने गरी समय दिएका थिए । तर, प्रधानमन्त्रीले अन्तिम समयमा व्यस्तताका कारण देखाउँदै भेट्न अस्वीकार गरेको आयोगले जनाएको छ ।
पटक पटकको मौखिक आग्रहलाई सरकारले बेवास्ता गरेपछि आयोगले सोमबार प्रतिवेदन बुझिदिन आग्रह गर्दै पत्र पठाएको थियो । आयोगको प्रतिवेदन बुझेदेखिनै कार्यान्वयनमा जाने भन्दै प्रधानमन्त्री बुझ्न अस्वीकार गरिरहेको जनाईएको छ ।
प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबिच स्थानिय निकाय तथा तहको निर्वाचनको लागी आवश्यक छलफल भईरहेको भन्दै प्रतिबेदन बुझे कार्यान्वयनमा जानुपर्ने वाध्यताले बुझ्न अस्वीकार गरिरहेका श्रोतले बताएको छ ।
Post a Comment