Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

राखेप सदस्य सचिवको प्रश्नः हामीलाई देखाउनुस् कारबाही गर्छौ

धरान  पुस १३
धरानरखेलाडी तथा अफिसियनहरुको बसोबासमा व्यवस्थित नभएको आमगुनासोप्रति राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले आफूकहाँ गुनासो आएपुगे कारबाही गर्ने प्रतिवद्धता गरेका छन् ।


‘हामीलाई देखाउनुस् त्यस्तालाई हामी कारबाही गर्छौं ।’ समापन बारे धरानमा बुधबार गरिएको पत्रकार सम्मेलनमा उनले भने । उनले ‘कुनै खेलाडी तथा अफिसियलहरुले गल्ती गरेको छ भनेर म कहाँ आयो भने कारबाही गर्छु, तर, अरेको भरमा तपाईहरु ९पत्रकार० ले पनि भनिदिनुभएन्’ भन्दै प्रतिबद्धता गरेका हुन् ।
उनले सबै कुरा तथ्यसंगत आएमा कारबाही गर्न राखेप तयार रहेको बताएका छन् । उनले खेलाडी तथा अफिसियललगायतको असन्तुष्टीहरु धेरै देखिएको तर, ठूला प्रतियोगिताहरुमा सानातिना समस्याहरु आउने गरेको बताए । ‘बजेट हिसावले राम्रैसँग सम्पन्न भएको छ । तर, पनि असन्तुष्टी छैनन् भन्ने होइन् ।’ उनले भने ।
उनले सातौं राष्ट्रिय खेलकुद न्युनतम अन्तर्राष्ट्रिय मापदण्डमा पूरा भएको दाबी गरेका छन् । तर, उनले गरेको दाबी धेरै हदसम्म फेल खाएको छ । किनकी हालसम्म खेलहरु सामान्य मैदानमासमेत हुन सकेको छैन् । टेन्ट र पालको भरमासमेत खेल भएको छ । खेलाडी तथा अफिसियलको बसोबास व्यवस्थापनमासमेत समस्या आएको छ ।
कतिपय पराजित भएका खेलाडीहरुलाई समयमा भत्ता उपलब्ध नहुँदा खेलाडीहरु फर्किनसमेत समस्या भएको थियो ।
उनले समापन धरान–१७ स्थित एन्फा एकेडेमीको खेल मैदानमा हुने बताए । समापनमा उपराष्ट्रपति नन्दकिशोर पुनले गर्ने तयारी भइरहेको छ । यस अघि प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम तोकिए पनि एकाएक परिवर्तन भएको छ ।
धरान–१६ स्थित क्षेत्रीय रङ्गशालामा प्रतियोगिताको समापन गर्ने लक्ष्य राखे पनि क्षेत्रीय रंगशालाको कार्य पूरा नभएपछि सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता एन्फा एकेडेमीमा सिमित हुने भएको छ । ‘क्षेत्रीय रंगशालामा गर्ने योजना थियो । तर, बाध्य भएर एन्फा एकेडेमीमा गरिरहनु परेको छ ।’ उनले भने । जहाँ अहिले फुटबल चलिरहेको छ । समापन शुक्रबार १२ बजेदेखि सुरु हुने आयोजकले बताएको छ ।आठौं राष्ट्रिय खेलकुद परिषद् प्रतियोगिता पश्चिमाञ्चल या मध्यपश्चिमाञ्चलमा हुने सम्भावना रहेको उनले बताए ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget