Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

आज राष्ट्रिय मेलमिलाप दिवस मनाईंदै


काठमाडौं, पुस १६ । आज पुस १६ अर्थात् ४१ औं राष्ट्रिय मेलमिलाप दिवस । २०३३ साल पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेता एवं प्रजातान्त्रिक आन्दोलनका धरोहर वीपी कोइरालासहितका नेताहरु आठ वर्षे निर्वासित जीवन बिताएर यसै दिन स्वदेश फर्किएका थिए ।

आठबर्षको भारत प्रवासपछि २०३३ साल पुस १६ गते कांग्रेस नेताहरु विपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेता राष्ट्रिय एकता र मेलमिलापको सन्देशसहित नेपाल फर्किएका थिए ।

२०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको सरकार बर्खास्त गर्दै निर्दलीय पञ्चायती ब्यवस्था शुरु गरेपछि कोइराला सहितका नेतालाई ७ बर्ष जेल पठाइएको थियो ।

त्यसपछि २०२५ सालमा विपी सहितका कांग्रेस नेता भारत प्रवासमा गएका थिए । तर मेलमिलापको नीति बोकेर नेपाल आएका वीपीसहितका कांग्रेस नेतालाई तात्कालीन पञ्चायत व्यवस्था र राजासमेतले पक्रेर सुन्दरीजल बन्दीगृहमा लगेर राखेका थिए ।

जननायक बीपी कोइरालाले भारतबाट राष्ट्रिय मेलमिलापको आह्वान गर्दै स्वदेश फर्किएको भएको यसै दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो ।

त्यतिबेला तत्कालीन राज्यसत्ताले उनलाई फाँसीको सजायँसम्म दिनसक्ने परिस्थितिको पर्वाह नगरी कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए ।

आज पनि देशलाई संकटबाट मुक्त गर्न राष्ट्रिय मेलमिलापको सन्देश उत्तिकै सान्दर्भिक रहेको छ । यसै सन्दर्भमा नेपाली कांग्रेस र उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाइरहेका छन् ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget