विराटनगर, पुस १५ । विराटनगरमा शुक्रबारदेखि राष्ट्रिय खाद्यमेला सुरु भएको छ ।
क्षेत्रीय
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको आयोजनामा विराटनगरको
हाटखोला मैदानमा दुईदिने खाद्यमेला आयोजना भएको हो ।
मेलामा देशका विभिन्न क्षेत्रमा उपलब्ध हुने पोसिला खाद्य परिकारका ६० ओटा स्टल राखिएको छ ।पोसिला परिकारको उपभोग बढाउन र अल्पप्रचलनमा रहेका पोसिला पदार्थहरूको महत्व बुझाउन मेला आयोजना गरिएको जनाइएको छ ।
झापा, मोरङ, सुनसरी, सप्तरी, इलामलगायतका जिल्लाका स्टल रहेको मेलामा ५० लाख बराबरको कारोबार हुने विश्वास लिइएको छ ।
मेलाको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सन्जीवकुमार कर्णले उद्घाटन गरेका थिए ।
Post a Comment