Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

गुरुङ समुदायले चरा वर्गलाई स्वागत गरेर आज देशभर तमू ल्होसार पर्व मनाउँदै


 विराटनगर पौष १५ ।
गुरुङ समुदायले बाँदर वर्गलाई बिदाई गरी चरा वर्गलाई स्वागत गरेर आज तमू ल्होसार पर्व मनाउँदैछन् । ल्हो को अर्थ वर्ष र सारको अर्थ हो नयाँ । ल्होसारको अवसरमा आफन्त तथा साथीभाई भेला भई मीठामीठा परिकार खाने प्रचलन छ ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको गुरुङ समुदायका अगुवाहरुको भनाइ छ । यस पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । काठमाडौंको टुंडिखेलमा आज विशेष कार्यक्रम गरिने गुरुङ समाजले जनाएको छ । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाललगायत प्रमुख दलका शीर्ष नेता सहभागी हुने छन् ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुङ समुदायले मनाउँदै आएको पर्व तमू ल्होसारका अवसरमा शुभकामना दिनुभएको छ ।

राष्ट्रपति भण्डारीले दिएको शुभकामना सन्देशमा गुरुङ समुदायको यो पर्वले सबैमा उत्साह र उमंग कायम गरी हाम्रो कला, संस्कृति र परम्पराको संरक्षण एवम् प्रवद्र्धनमा योगदान र्पुयाउन सकोस् भन्ने कामना गरिएको छ ।

त्यसैगरी सबै नेपालीबीच आपसी एकता र सहिष्णुता कायम भई समृद्ध मुलुकको निर्माण गर्न सकियोस् भन्ने पनि शुभकामना सन्देशमा उल्लेख छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget