इटहरी पुस १०
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तेश्रो दिन आज मोरङ, सुनसरी, झापा, उदयपुर सप्तरी, धनकुटा र कास्कीमा बिभिन्न खेल हुँदैछन्। आज एथ्लेटिक्स, महिला र पुरुष क्रिकेट, महिला र फुरुष भलिबल, पुरुष फुटबल, टेबुल टेनिस, कबड्डी, कराँते, हक्की सुटिङ, सफ्ट टेनिस, तेक्वान्दो, बास्केटबलका खेलहरु सञ्चालन हुँदैछन्। त्यस्तै फुल कन्ट्याक कराँते, साइक्लिङ, सेपाक्टाक्रो, आर्चरी, बक्सिङ, भारत्तोलन, ब्याडमिन्टन, जुडो,चेस, आइटीएफ तेक्वान्दो, खो खो, स्क्वास र लन टेनिसका खेलहरु पनि आजै सञ्चालन हुने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ। एथ्लेटिक्सका खेलहरु भने बिहान ८ बजेपछि सुनसरीको इटहरी रंगशालामा सञ्चालन हुनेछन्। एथ्लेटिक्समा आज २ सय मिटर, ८ सय मिटर र ५ हजार मिटर दौडमा महिला र पुरुषका छुट्टाछुट्टै प्रतिस्पर्धा हुँदैछन्। त्यस्तै आजै ९ बजेपछि १ सय १० मिटर हर्डल्स, लङजम्प, ज्याबलिङ थ्रो र चार गुणा चार सय मिटर महिला र पुरुष रिले दौड पनि सञ्चालन हुने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ। त्यस्तै आज मोरङको वैजनाथपुर क्रिकेट मैदानमा पुरुष क्रिकेट अन्तर्गत दुई खेल सञ्चालन हुनेछन्। पहिलो खेल विहान ९ बजे मध्यमाञ्चल र पश्चिमाञ्चलबीच हुनेछ भने दोश्रो खेलमा दिउँसो १ बजे सशस्त्र प्रहरीको एपीएफ र सुदूर पश्चिमाञ्चलबीच खेल हुनेछ। सुनसरी इटहरीको डीबीएम स्कुलमा महिला क्रिकेटका पनि दुई खेल हुँदैछन्। बिहान ८ बजे एपीएफ र सुदूर पश्चिम तथा दिउँसो १ बजे पूर्वाञ्चलल र मध्यमाञ्चलबीच खेल हुनेछ। सुनसरीको धरानमा भइरहेको पुरुष फुटबलमा आज सशस्त्र प्रहरीको एपीएफ क्लब र सुदूरपश्चिमाञ्चल तथा नेपाली सेना र मध्यमाञ्चलबीच खेल हुनेछ।
Post a Comment