
झापा, लखनपुर । झापा लखनपुरको एक परिवारले स्वर्गीय बुबा आमाको सम्झनामा सुस्त श्रवण भएका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।
स्वर्गीय नन्दबहादुर र चन्द्रकुमारी आङदेम्बे परिवारको अगुवाईमा स्थापना भएको नन्द–चन्द्रकुमारी आङदेम्बे स्मृति प्रतिष्ठानले लखनपुर–१ स्थित मंगलमय माविमा अध्ययनरत सुस्त श्रवण विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो ।
शुक्रवार स्थानीय विद्यालयमा एक कार्यक्रम गरि १२ छात्रासहित ३२ जना विद्यार्थीहरुलाई जाडोका लागि ट्रयाक सुट वितरण गरिएको हो । विद्यार्थीसहित चार जना आमाहरुलाई समेत ट्रयाक सुट बाडिएको थियो ।
ती ट्रयाक सुटहरु इलाका प्रशासन कार्यालय दमकका निमित्त प्रमुख सुरेन्द्र थापा, विद्यालयका अध्यक्ष पूर्णानन्द शर्मा, शिक्षक अभिभावक संघका अध्यक्ष ललित वान्तवा, लायन्स क्लव लखनपुरका अध्यक्ष धर्मानन्द भट्टराई, कांग्रेसका महासमिति सदस्य टिकाराज सापकोटा,विद्यालय प्र्रअ मोहन बगाले लगायतले हस्तान्तरण गरेका थिए । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष गणेश आङदेम्बेको अध्यक्षतामा भएको थियो ।
सोही अवसरमा प्रतिष्ठानले नेपाल आदिवासी जनजाति महासंघका नवनिर्वाचित महासचिव लखनपुर–२ निवासी नित्यानन्द ताजपुरियालाई समेत सम्मान गरेको थियो । आदिवासी जनजाति आन्दोलनमा विशिष्टि योगदान पुर्याँएवापत प्रतिष्ठानले ताजपुरियालाई दोसल्ला तथा सम्मान पत्रद्धारा सम्मानित गरेको प्रतिष्ठानका सचिव समेत रहेका स्वर्गीय आङदेम्बेका छोरा विष्णु आङदेम्वेले जानकारी दिए ।
Post a Comment