झापा, मंसिर २९ गते।
झापाको मेचीनगर नगरपालिका १० बाट बुधबार प्रहरीले १२ सय थान लागूऔषध ईन्जेक्सनसहित चार जना भारतीयलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा भारत दार्जिलिङ, नक्सालबाडी ढकाजोत बस्ने ३२ वर्षकी गंगा सैवो, नक्सलवाडी कुटिजोत बस्ने ३३ वर्षका रविन्द्र सैवो, ३२ वर्षका झुरु राजवंशी र नक्सलबाडी देशबन्धु बस्ने वर्ष ३० को बिमल घोस रहेका छन। उनीहरुलाई बिशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय काकडभिट्टा र लागूऔषध नियन्त्रण ईकाई काकडभिट्टाको सँयुक्त टोलीले बुधबार बिहान पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिहरुको साथबाट ४०० एम्पुल फेनारगन, ४०० एम्पुल लुपिजेसिक र ४०० एम्पुल डाइजेपाम नामक ईन्जेक्सन बरामद भएको छ। बरामद लागूऔषधसहित चारैजनालाई इलाका प्रहरी कार्यालय काकडभिट्टामा राखि थप अनुसन्धान भइरहेको छ।
Post a Comment