Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

नेपाली नम्बर प्लेटका ग्यास बुलेट भन्सारमा रोकिए, व्यापारीलाई क्षतिपूर्ति दिन माग

काठमाडौं, पुस ५ । नेपाली नम्बर प्लेटका ग्यास बुलेट भन्सारमा रोकिएका छन् । सरकारले चालु आर्थिक बर्षको बजेटमा नेपाली नम्बर प्लेटका ग्यास बुलेट खरीदमा दुई तिहाई सम्मको भन्सार छुट दिने घोषणा गरेको थियो ।


तर भन्सारले प्राविधिक कारण देखाई छुट नदिएर प्रक्रिया अल्झाइरहेको भन्दै नेपाल एल पि ग्यास उद्योग संघले आपत्ति जनाएको छ ।
संघले सोमबार पत्रकार सम्मेलन गरी सबै प्रक्रिया पूरा गरी भारतीय भन्सार समेत पास भएर आएर दुई वटा बुलेट २० दिन देखि वीरगञ्ज भन्सारमा अलपत्र परेको भन्दै आपत्ति जनाएको हो ।
संघका अध्यक्ष शिवप्रसाद घिमिरेले तत्काल भन्सार छुटको व्यवस्था कार्यान्वयन गरेर प्रक्रिया अगाडी बढाउने वातावरण बनाउन अन्यथा व्यापारीहरुलाई क्षतिपूर्ति दिन माग गर्नुभयो ।
अहिले ५३ वटा उद्योगीहरुले ७ सय ७५ वटा ग्यास बुलेट खरिदका लागि साढें ५ अर्ब बराबर खर्च गर्न लागेको संघको भनाई छ ।
संघ र भारतीय ढुवानी व्यवसायीहरुसंग यस सम्बन्धी समझादारी भैसकेको र समयमा नेपाली बुलेट खरीद प्रक्रिया पूरा गर्न नसके २०१७ नोभेम्बर पछी ढुवानीमा गम्भीर असर पर्न सक्नेतर्फ संघले सचेत गराएको छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget