
विराटनगर, मंसिर १७ गते । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारले ल्याएको सविधान संशोधन प्रस्ताव परिमार्जन गरेर ल्याए आफुहरुलाई मान्य हुने बताउनु भएको छ ।
विराटनगरस्थित नेपाल पत्रकार महासंघ मोरङको कार्यालयमा शुक्रबार संचारकर्मीसँग कुरागर्दै अध्यक्ष महतोले संविधान संशोधन प्रस्ताव आफुहरुले उठाएको विषयमा प्रवेश गरेको भएपनि त्यसलाई परिमार्जन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले संशोधन प्रस्तावमा कमी कमजोरी भएकाले त्यसलाई सच्याएर सरकारले प्रस्ताव ल्याउनुपर्ने बताउनुभयो ।

संशोधन प्रस्तावलाई मधेशी मोर्चाले पुर्णरुपमा अस्विकार नगरेकाले त्यसमा परिमार्जन गरेर अघि बढ्न सकिने उहाँको भनाई छ । अध्यक्ष महतोले संविधान संशोधन प्रस्ताव परिमार्जनका लागी मोर्चाले पर्खने भन्दै संविधान संशोधन प्रस्ताव परिमार्जन नगरे आफुहरु कडा संर्घषमा उत्रने चेतावनी दिनुभयो ।

यसअघि कांग्रेस र एमाले नवलपरासीदेखि बर्दियासम्म एउटा प्रदेश कायम गर्न सहमत भएको अवस्थामा अहिले त्यहि कुरा ल्याउँदा एमालेले विरोध गर्नुको कारण आफुले बुझ्न नसकेको बताउनुभयो । संघीयता मानिसकेपछि एक जिल्लालाई अर्को जिल्लामा लैजाँदैमा विरोध गरेर आन्दोलन गर्नु एकात्मकवादी सोच भएको महतोको भनाई थियो ।
Post a Comment