पुस ४ , रौतहट
भारतीय टेम्पुको ठक्करबाट रौतहटमा एक व्यक्तिको ज्यान गएको छ ।सीमावर्ती भारतको वैरगनिया बजारमा सामान लिन गएका गौरका हरिन्द्र साहको भारतीय टेम्पुको ठक्करबाट ज्यान गएको हो ।
टेम्पुको ठक्करबाट गम्भीर घाइते भएका साहको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । सामान किन्न भारतको वैरनिया बजारमा हिडिरहेका साहलाई टेम्पोले पछाडीबाट ठक्कर दिएको थियो ।
झापामा दुईको मृत्यु
पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको दुवागढी– ५ मा आइतबार राति मोटरसाइकल अनियन्त्रित भई पल्टँदा दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ५ प ३०९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टँदा त्यसमा सवार मेनपा–७ निवासी २० वर्षीय मोटरसाइकल चालक मनोज मेचे र सोही ठाउँका १७ वर्षीय रुपेश मेचेको मृत्यु भएको हो ।
मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते बनेका उनीहरुलाई उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी मेडिकल कलेज ल्याइए पनि उनीहरुको उपचारकै क्रममा राति नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए।

Post a Comment