
काठमाडौं, मंसिर २७ गते – नायिका रेखा थापा आज राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्दै हुनुहुन्छ । बिहान ११ बजे काठमाडौंको एक होटलमा हुने कार्यक्रममा पार्टी अध्यक्ष कमल थापाले नायिका थापासहित केही कलाकारलाई पार्टी प्रवेश गराउने कार्यक्रम छ ।
नायिका थापा यसअघि माओवादी केन्द्रमा हुनुहुन्थ्यो । राप्रपाको राष्ट्रवादी धार र हिन्दू धर्मप्रतिको आकर्षणले उहाँले पार्टी परिवर्तन गर्न लाग्नुभएको राप्रपाका केन्द्रीय सदस्य किरण गिरीले जानकारी दिनुभयो ।
पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादीमा प्रवेश गरेर एकाएक चर्चा कमाएकी रेखाले दाहालसँगै नाचेर उत्तिकै चर्चा कमाउनु भएको थियो ।
केही समयअघि मात्रै गायिका कोमल ओली पनि कमल थापाको हातबाट सस्यता लिएर राप्रपामा प्रवेश गर्नु भएको थियो।
Post a Comment