Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

‘विश्वकै सबैभन्दा धेरै तौल भएकी’ महिलाको शल्यक्रियाद्वारा तौल घटाइने

नयाँदिल्ली (भारत), मंसिर २५ । ‘विश्वकै सबैभन्दा बढी वजन’ भएकी इजिप्टकी महिला शल्यचिकित्साद्वारा तौल घटाउन आगामी हप्ता भारतको पश्चिमी सहर मुम्बई आउने भएकी छन् ।
भारतीय शल्यचिकित्सक मुफाजल लाकदवालाले इजिप्टकी ५०० किलोग्राम (करिब एक हजार एक सय पाउन्ड) तौल भएकी इमान अहमद अब्देल अतिको शल्यक्रियाको खर्च चिकित्सक आफैंले व्यहोर्ने गरी उपचार गर्ने प्रस्ताव गरेपछि उनी भारत आउन लागेकी हुन् ।
३६ वर्षीया अब्देल अति विगत २५ वर्षदेखि आफ्नो घरबाहिर ननिस्केको उनकी बहिनीले बताएपछि लाकदवालाले उनको उपचारका लागि इच्छा प्रकट गरेको बताइएको छ ।
उनी सानो छँदा हात्तीपाइले भएको र यसैका कारण उनको तीघ्रा तथा शरीरको अन्य भाग सुनिएर ठूलो भएको थियो । त्यसको केही समयपछि उनलाई मस्तिष्कघात भएको थियो ।
मस्तिष्कघातले थलिएकी उनी वर्षौंदेखि आफ्नो कोठाबाट बाहिर निस्कन सक्दिनन् ।
उपचारका लागि इच्छुक चिकित्सक लाकदवालाले एएफपी संवाददातासँग भने–‘मैले शतप्रतिशत निको पार्छु भनेमा म झुटो बोलेको ठहर्नेछ । तर, सम्भवभएसम्म मैले उहाँको उपचारमा सघाउने छु ।’
अब्देल अतिले भारतमा करिब दुई महिना लामो उपचारपछि घर फर्कनसक्ने लाकदवालाले बताए । रासस/एएफपी
Labels:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget