Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

संघीय लिम्बुवानद्धारा पूर्वी नेपाल बन्दको , जनजिवन प्रभावित


विराटनगर, मंसिर ३० । संघीय लिम्बुवान पार्टी नेपालले आह्वान गरेको बन्दका कारण पूर्वको नौ जिल्लाको जनजिवन प्रभावित बनेको छ ।संविधान संशोधन गरी पूर्वी नेपालका नौं जिल्लालाई लिम्बुवान प्रदेशमा राख्नुपर्ने, झापा, मोरङ र सुनसरीलाई टुक्राई अर्को प्रदेशमा राख्न नहुने र देशमा मौलाईरहेको भ्रष्टाचार नियन्त्रणको माग गर्दै संघीय लिम्बुवानले आज  पूर्वी नेपाल बन्दको आह्वान गरेको हो ।

बन्दको कारण विहानैदेखि ताप्लेजुङसहित पाँचथर, ईलाम, झापा, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ र सुनसरीमा लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन भने बजार पसल, कलकारखाना र शैक्षिक संस्थासमेत बन्द रहेका छन् ।सरकारले संसद्मा पेश गरेको संविधान संशोधन प्रस्तावमा लिम्बुवान प्रदेशको विषयलाई नसमेटिएकोमा पार्टीको मुख्य असन्तुष्टि रहेको संघीय लिम्बुवान पार्टी नेपाल ताप्लेजुङका अध्यक्ष कुमार साम्यूले बताउनुभयो ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget