काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आरामका लागि शनिबार दिउँसो सुकुटे पुगेका छन् । प्रचण्ड आरामका लागि सिन्धुपाल्चोकको सुकुटे पुगेका हुन् ।
प्रधानमन्त्री प्रचण्ड सिन्धुपाल्चोकका सुरक्षा अधिकारी र प्रशासनलाई जानकारी नै नदिइ सुकुटे पुगेका थिए । प्रचण्ड विशेष निर्णय गर्नुपर्दा एकान्तमा जाने गर्छन् । पछिल्ला दिनमा संविधान संशोधन, अख्तियार प्रमुखमाथिको महाअभियोगको प्रस्ताव लगायत जटिल विषयमा निर्णय गर्नुपर्ने बेलामा प्रधानमन्त्री सुटुक्क सुकुटे पुग्नुलाई महत्वका साथ हेरिएको छ ।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले भने, ‘आरामका लागि सुकुटे आउनु भएको हो । आज आराम गरेर भोली राजधानी फर्कने कार्यक्रम छ ’
प्रधानमन्त्री प्रचण्ड पत्नी सीतासहित सुकुटे आरामका लागि सुकुटे पुगेका हुन् ।
Post a Comment