Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

संविधान संशोधनले देश टुक्रिन सक्ने खतरा !


newsabhiyan

काठमाडौँ, ११ मङ्सिर । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिले मुलुकमा संविधान संशोधन देश र जनताको हितमा नरहेकाले त्यस प्रक्रियामा जान नहुने बताउनुभएको छ ।

पार्टीको काठमाडौँ जिल्ला समितिले आज प्रदर्शनीमार्गमा आयोजना गरेको विरोध सभामा अध्यक्ष केसीले संविधान संशोधन कार्यले संविधानको कार्यान्वयनको प्रक्रियालाई जटिल बनाउने बताउनुभयो ।

विभिन्न जाति तथा समुदायले भरिएको नेपालजस्तो मुलुकमा सङ्घीयता कायम गर्न नहुने भनेर आफ्नो पार्टीले विसं २०६५ मा तत्कालीन संसद्मा सुझाएको बताउँदै उहाँले भन्नुभयो – “संविधानअनुसार प्रदेशको समर्थनबिना सीमाङ्कन हुन सक्दैन, राष्ट्रिय सभामा समावेशी प्रतिनिधित्वको व्यवस्था छ, त्यसैगरी भाषा र नागरिकताको विषयमा संविधान लचिलो छ ।”

पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका नेता केसीले मुलुकमा वैदेशिक हस्तक्षेप बढेका कारणले देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता सङ्कटमा रहेको विचार व्यक्त गर्दै संविधान संशोधनले देश टुक्रिन सक्ने खतरा औँल्याउनुभयो ।

देशमा सबै नेपालीको एकतालाई कायम गराउन हिमाल, पहाड र तराईलाई एक अर्काबाट छुट्टयाउन नहुने उहाँको भनाइ थियो ।

पार्टीको काठमाडौँ जिल्ला समितिका अध्यक्ष लालबहादुर थापाले संविधान संशोधनविरुद्ध देशभर अभियान सञ्चालन गरिने जानकारी दिनुभयो । रासस
Labels:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget