Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

महागुरु फाल्गुनन्दको १ सय ३२ औं जन्यजयन्ती को अवसरमा भोलि सार्बजनिक विदाको घोषणा

धर्मगुरु फाल्गुनन्दको सम्झनामा विहीबार सार्वजनिक विदा


falgunanadaको लागि तस्बिर परिणाम
झापा, कार्तिक २४ गते।  भोलि राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १ सय ३२ औं जन्यजयन्ती । समाजसुधारक तथा किराँत धर्मका महागुरु फाल्गुनन्दको जन्मजयन्ती मनाउन सरकारले भोली ( बिहीबार ) सार्वजनिक विदा दिएको छ । 
गृह मन्त्रालयले बुधबार साँझ प्रेस विज्ञप्ती निकालेर सो अवसरमा सार्वजनिक विदा दिइएको जनाएको हो । मन्त्रालयका  शाखा अधिकृत माधवराज मरासिनीले हस्ताक्षर गरि जारी गरेको विज्ञप्तीमा सो कुरा उल्लेख छ । महागुरु धर्मगुरु फाल्गुनन्दले समाज सुधारका निम्ति वि. सं. १९८८ वैशाख २४ गते  ‘सत्य धर्म मुचुल्का’  विश्व समुदायका लागि अहिले पनि अनुकरणीय छ ।  

महागुरुले वि.सं. १९८८ बैशाक २५ गते तत्कालीन ‘दश लिम्बुवान सत्रथुमुका गन्यमान्य व्याक्तित्वहरुलाई पाँचथर जिल्लाको फिदिम नजिक लेब्रे कुटीमा जम्मा गराएर ‘सत्यहाङमा मुचुल्का’ तयार पारेका थिए । । धर्म प्रचार तथा मौलिकताको पहिचान गराउँदै हिँड्दा तत्कालीन राणा सरकारले उनी माथि राणा शासनका विरुद्ध राजनीतिक चेतना जगाएको आरोपमा काठमाडौं पुर्याई सोधपुछ समेत गरेको थियो । 

उनको वि.सं. २००५ साल चैत्र २२ गते पाँचथरको हाङयकमा निधन भएको थियो । नेपाल सरकारले उनलाई वि.सं. २०६६ साल मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको हो ।  झापाको दमकमा उनको विशेष सम्झना गरि जयन्ती मनाउने तयारी भएको छ ।  

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget