
विराटनगर, कार्तिक २३ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्को नाममा संवोधन गर्दै कालोधनलाई प्रतिवन्ध लगाउन घोषणा गर्नुभएको छ । भारतीय प्रधानमन्त्री मोदीले पाँच सय र हजार रुपैयाको नोटलाई आज मध्यरातबाट बन्द गर्ने घोषणा गर्नुभएको हो । साथै उहाँले नयाँ दुई हजार रुपैयाँको नोट बजारमा ल्याउने घोषणा पनि गर्नुभएको छ । प्रधानमन्त्री मोदीेले कालो धनमाथि प्रतिबन्ध लागउनकालागि पाँच सय र हजार रुपैयाँको नोट बन्द गर्ने घोषणा गर्नुभएको हो । यो नियम आजै रातिबाट लागू हुनेछ । उहाँले आफूसँग भएको पाँच सय र हजार दरका नोट १० नोभेम्वरदेखि ३० डिसेम्वर मुख्य डाकघरमा जम्मा गराएर त्यसको बदलामा बैद्य रकम लिन सकिने बताउनु भएको छ ।
उहाँले पाँच सय र हजार दरका नोटबाहेकका अन्य नोटहरु नियमित रुपमा लेनदेन गर्न सकिनेसमेत बताउनु भएको छ । यस्ता नोटहरु जम्मा गर्नका लागि ५० दिनको समय दिनु भएको छ । प उक्त समयसम्म रकम जम्मा नभएमा थप अन्तिम समय पनि दिन सकिने बताउनु भएको छ । उहाँले इमान्दारीताका साथ व्यवसाय गर्ने तथा पैसा कमाउनेहरुको अधिकारको पूर्ण रक्षा गर्ने समेत जनाउनु भएको छ ।
Post a Comment