Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

अनेमसंको छैठौं मोरंग जिल्ला सम्मेलनको तयारी


विराटनगर, मंसिर ७ गते । अखिल नेपाल महिला संघ मोरंगको छौठो जिल्ला सम्मेलन यही मंसिर १० र ११ गते मोरंगको कोशी हरैंचा नगरपालिकाको जेसिसको भवनमा गरिने भएको छ । आज विराटनगरमा पत्रकार सम्मेलन गरी अधिवेशन सम्पन्न गर्नका लागि कृष्णा राईको संयोजकत्वमा ७५ सदस्यीय मूल समिति गठन गरिएको जनाइएको छ । प्रचारप्रसार उपसमितिमा मालती सुब्बा, प्रतिवेदन उपसमितिमा कृष्णा राई, स्वयंसेवक परिचालन उपसमितिमा कमला मास्के, प्रतिनिधि व्यवस्थापन उपसमितिमा शिला दिक्षित कार्की, स्वास्थ्य उपसमितिमा राधा पोखरेल, आवास व्यवस्थापन उपसमितिमा टीका भट्टराई, खाद्य व्यवस्थापन उपसमितिमा अम्विका भट्टराई, मञ्च व्यवस्थापन उपसमितिमा कमला मास्के, सांस्कृतिक कार्यक्रम व्यवस्था उपसमितिमा सरस्वती खरेल रहनु भएको जनाइएको छ । मोरंग जिल्लामा अखिल नेपाल महिला संघका ३० हजार सदस्य रहेको बताइएको छ । उद्घाटन समारोहमा १० हजार महिलालाई सहभागी गराउने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जनकारी दिइयो ।

उद्घाटन समारोहमा एमालेका महासचिव ईश्वर पोखरेल, अनेमसंकी केन्द्रीय कमिटिकी कार्यवाहक अध्यक्ष गोमा देवकोटा, केन्द्रिय सचिव भीम आचार्यले सम्बोधन गर्ने पनि जनाइएको छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget