
काठमाडौं, कार्तिक २७ गते । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाको जग्गा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले कब्जा गरेको बताएको छ । पनौती–१ र २ वडामा रहेको छाला कारखानाको १ सय ४० रोपनी जग्गामा शनिबार दिउँसो झण्डा गाडेर जग्गा कब्जा गरेको घोषणा गरेको माओवादी जिल्ला सेक्रेटरी सरद रसाइलीले जानकारी दिनुभयो । जग्गा कब्जा गरेको घोषणा गरेको २० मिनेट भित्रै पनौती प्रहरी छाला कारखाना पुगेर झण्डा हटाएको थियो । त्यहाँ पशुपति मुरारको जग्गा कब्जा गर्नुको कारण लेखिएको केही पर्चा समेत भेटिएको छ । दिनहुँ आकासिदो बजार भाउ र कालो बजारीमा मुख्य भूमिका खेलेको, कमजोर तथा दलाली राज्य प्रणालीको फाइदा उठाउँदै राष्ट्यि अर्थतन्त्रमा अस्थिरता सिर्जना गरेको, राष्ट्यि अर्थतन्त्रलाई धरासायी बनाउँदै दलाली अर्थतन्त्र तथा दलाल अर्थ व्यवस्थालाई प्रोत्साहन हुनेगरी राष्ट्यि पूँजी पलायन गरेको अर्बौंको कर छली गरी राष्ट्यि हित विपरीत गतिविधि गरेको, दलाल, भ्रष्ट र माफियाहरुलाई प्रोत्साहन र संरक्षण गरेको आरोप पर्चामा लगाइएको छ । जग्गा पछिल्लो समयमा मोटरसाइकल र गाडी सिक्नको लागि प्रयोग हुँदै आएको थियो ।
Post a Comment