
झापा, मङ्सिर ८ गते । झापाको कन्काई नगरपालिका ३ सुरुङा पुलमा बुधबार अपरान्ह कारको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा कन्काई नगरापालिका २ का अन्दाजी ६५ वर्षिया सुर्य उप्रेती रहेको इलाका प्रहरी कार्यालय अनारमनिले जनाएको छ।

उप्रेतीलाई अपरान्ह २ : ४० बजे पश्चिमबाट पूर्वतर्फ जादै गरेको बा १५ च ३३८३ नम्बरको कारले ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका उप्रेतीलाई उपचारकालागी बिएनसी अस्पतालतर्फ लैजानेक्रममा बाटोमै उनको मृत्यु भएको उक्त कार्यालयले जनाएको छ। दुर्घटनामा संलग्न कारका चालक झापा बिर्तामोड नगरपालिका ३ का मन्दिप तामाङलाई इलाका प्रहरी कार्यालय अनारमनिले नियन्त्रणमा लिई राखेको छ।

Post a Comment