Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

सदरमुकाम भोजपुरबजारमा भीषण आगलागी

burningको लागि तस्बिर परिणाम

– सरिता राई भोजपुर, ५ मङ्सिर । ग्यास पड्किँदा भोजपुर जिल्लाको सदरमुकाम भोजपुरबजारमा भीषण आगलागी भएको छ । आज साँझ पाँच बजे बजारको भोटेपसलस्थित नीलम ज्वेलर्समा ग्यास पड्केपछि बजारमा आगो लागेको हो । अहिलेसम्म आगलागीबाट १५ भन्दा बढी पसल तथा स्थानीय बासिन्दाको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राधा पराजुलीले जानकारी दिनुभयो । भोजपुर नगरपालिकाको एकमात्र वारुण यन्त्रको मद्दतमा आगो निभाउने प्रयास जारी छ । यस्तै, नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी तथा स्थानीयवासी आफैले आगो निभाइरहेका छन् । तर आगो नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । आगलागीबाट पसल तथा घरमा राखिएका ग्याँस सिलिन्डर पड्किन थालेपछि आगलागी फैलिँदै गएको छ । घना बजार भएका कारण आगो निभाउन कठिन भइरहेको छ । आगो निभाउन नसकेपछि डोजरले घर तथा पसल भत्काउने काम भइरहेको छ । बजारको विद्युतीय सेवा अहिले बन्द गरिएको छ । खानेपानीको पाइपलाइन काटेर आगो निभाउने काम भइरहेको बताइएको छ । रासस

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget