Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

"म को हुँ?"


                                                                                                           
                                                                                                        
                                                                  सविता भण्डारी
कति पनि हड्बडाउँदिन अन्धकार रात,
घना जंगल, र अग्ला पहाड देखि
म डराए भनें, मेरो देश हार्छ
म झुकें भनें, मेरो देश डुब्छ
अनि म हराएँ भनें, एकादेशको कथा
बन्नेछ देश इतिहासको पन्नामा....!!!
म चिनिन्छु विश्वमाझ देशबाट,मेरा
पाइला-पाइलामा प्रतिबिम्बित हुन्छ देश
म ईज्जत हुँ सान हुँ अनि प्रचार हुँ देशको
त्यसैले मैले साहस र विश्वास साथ,
हिँड्नुछ स्वाभिमानी पथमा...!!!
बेवारिसे लासझैँ लम्पसार देख्छु मेरा दायित्व
मैले इजलास गर्नुछ;
लैंगिक,जातिय र धार्मिक युद्धका मुद्दामा
भ्रष्टाचारी, देशद्रोही, दलाल र
मेरो देश खोक्रो पार्ने धमिरालाई
धकेल्नुछ सधैँको लागि
कालकोठरीमा.....!!!
युद्धभुमिमा मैले तरबार बन्नुपर्छ
गिद्धे नजर छन् देशमा, जोगाउन ढाल बन्नुपर्छ
नयाँ युग भित्र्याउन, बिद्रोही बन्नुपर्छ
देश हाँक्न म नै, मार्गदर्शक बन्नुपर्छ.....!!!
फोडेर चट्टान परिवर्तनको
छाल ल्याउने नदि हुँ,
भत्काएर भीरहरु सपनाको
खुड्किला उक्लने पहरे हुँ
बोकेर देश काँधमा, विकासको
अन्तिम बिन्दु टेक्ने देशभक्त हुँ....!!
लोभ छ, लालच छ, स्वार्थमा भुलाउने
वास्ना पनि छ म भित्र
तर हजारौं क्विन्टल भारी लाग्छन् पैताला
किनकी म भित्र छ सिङ्गो राष्ट्र
को हुँ म....?? अनगिन्ती छन् परिचय
म शक्ति हुँ, शिर हुँ, जित हुँ
एक युवा हुँ, म भित्र छ देशको भविष्य
हो म एक "नेपाली" हुँ..!!

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget