
विराटनगर, मंसिर १ गते । जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको नेतृत्वमा अनुगमन टोली आएपछि औषधि पसल र क्लिनिकका सञ्चालकको भागाभाग भएको छ । आज विराटनगरका लगभग दुई दर्जन औषधि पसलहरुको अनुगमन गरिएको छ । अनुगमन टोली आएपछि पसल सञ्चालक पसल नै बन्द गरेका भागेका थिए । अनुगमनका क्रममा अधिकांश औषधि पसलहरु दर्ता बिना संचालन गरिएको पाइएको छ ।

हस्पिटल चौक आसपासमा गरिएको अनुगमनमा पशुपति उपचार क्लिनिक बिना दर्ता संचालन गरिएको पाइएकाले सिलबन्दी गरिएको छ । डाक्टर अभिनारायण घिमिरेले पनि दर्ता नै नगरी चलाएको पाइएको थियो । उहाँले टोली समक्ष भने,‘दर्ता गर्नुपर्ने भन्ने थाहा थिएन अब भोलि नै आएर दर्ता गर्छु’ भन्नुभयो । उनले क्लिनिकसँगै अमित मेडिकल हल पनि चलाउनुभएको छ । दर्ता्बिनै चलाएको क्लिनिकले लामो समयदेखि कर पनि तिरेको छैन् । उहाँको क्लिनिकको पसल मुकेश श्रीवास्तवको नाममा दर्ता थियो । तर, रिन्यू गरे नगरेको काजगपत्र पनि फेला परेको छैन् । दन्त चिकित्सक सीपी उपाध्यायले पनि दर्ता्बिनै क्लिनिक चलाएको पाइएको छ । उनी कोशी अञ्चल अस्पतालको मेसु भई सकेका डाक्टर हुन् ।
यस्तै गणेश अल्ट्रा साउण्ड, विराट एक्सेरे सेवा, गणपति क्लिनिक, ओसिम मेडीकल तथा शुभम ल्याब ििक्लनिक, हाम्रो प्याथोलोजी, फोकस ल्याब बिना दर्ता संचालन गरेको पाइएकाले शिलबन्दी गरिएको टोलीले जनाएको छ । यस्तै पपुलर क्लिनिकमा कुनै कागजजात नभेट्टिएको, रारा डिजिटल एक्सेरे सेवा, कुसुम मेडीकल हल लाइसेन्स नभएको पाइएको, कुसुम मेडीकल हलले सक्कली प्रमाणपत्र देखाउन सकेको थिएन् । यस्तै अमूल्य मेडीकेयर सेन्टर सक्कल प्रमाणपत्र देखाउन नसकेको ,मुस्कान मेडीकल हलले दर्ता प्रमाण पत्र नदेखाएको लाहछाप लगाई बन्द गरिएको छ । यस्तै अनुगमनका क्रममा प्रभात मेडीको,न्यू ओमसाई ल्याब एण्ड क्लिनिक, शुभ स्वस्तिक पोली क्लिनिक प्रालि ,गुरु मेडीकल हल , अभिनास फार्मेसी,दिया मेडिकल हल, जिवन रेखा अल्ट्रासाउण्ड, कंचनजंघा औषधि पसल, बन्द गरेर भागेको पाइएको छ । यस्तै विराटनगरको श्री हस्पिटलले १५ बेडको अस्पताल संचालन गर्ने स्विकृति लिएर ३६ बेड संचालन गरिएको पाइएको छ । औषधि पसलहरुलाई आवश्यक कागजपत्र लिएर ७ दिन भित्रमा जिल्ला जनस्वास्थ्य कार्यालय मोरङमा उपस्थित हुन निर्देशन दिइएको छ । अनुगमनमा जिल्ला जनस्वास्थ्य कार्यालयका हरिबहादुर खत्री, नविन बराल, औषधि व्यवस्था विभागका प्रमुख शम्भु साह,जिल्ला प्रशासनका अर्जुन सुवेदी, सुरक्षाकर्मी तथा पत्रकारहरुको सहभागिता थियो ।
उता, बालबालिका क्लिनिकका विमल अग्रवालले एक्सरेलगायतको ल्याव टेष्टमा कमिसन लिने गरेको खुलेको छ । अग्रवालले विराट एक्स रे मा कमिसन लिने गरेका छन् । कमिसनवापतको रकम अफूले स्वयं क्लिनकमा बुझ्ने गरेका छन् ।
Post a Comment