Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

सेन्चुरी मसालामा भीषण आगलागि



विराटनगर, कार्तिक २६ गते । दुगड स्पाइसेस एण्ड फूड प्रोडक्टले मोरङको टंकीसिनवारी गंगाचौकमा सञ्चालन गरेको सेन्चुरी मसला उद्योगमा हिजो साँझ भीषण आगलागी भएको छ । बेलुका ७ बजेदेखि भएको आगो निभाउन राति अबेरसम्म लागेको थियो ।

विद्युत सर्ट भएर आगलागी सुरु भएको अनुमान गरिए पनि आगलागीको कारण खुल्न सकेको छैन् । साँझ सुरु भएको आगलागीबाट ठूलो आर्थिक नोक्सानी भएको  बताइएको छ । उद्योगमा भएका कच्चा पदार्थ, निर्मित मालसामान र भवनमा समेत ठूलो क्षति पुगेको मोरङ प्रहरीले जनाएको छ ।

आगलागी नियन्त्रणमा लिन विराटनगर, इटहरी, धरान र इनरुवाबाट आधा दर्जन दमकल टंकीसिनवारी पुगेका थिए । अगालागी नियन्त्रणमा लिन स्थानीयवासी, सुरक्षाकर्मी र वारुणयन्त्र कर्मचारी खटिएका थिए । आगलागिबाट ठूलै क्षति भए पनि वास्तविका क्षतिको एकीन हुन सकेको छैन । यस विषयमा उद्योगका सञ्चालक मोती दुगडसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget