विराटनगर, कार्तिक ६ गते । राष्ट्रपति विद्यादेवी भण्डारी जेष्ठ नागरिकको सम्मानका लागि विराटनगर आइपुग्नु भएको छ । उहाँ मध्यान्ह सबा १२ बजे विराटनगरमा आई पुग्नु भएको हो ।
एक नम्बर प्रदेशका ज्येष्ठ नागरिकलाई सम्मान गर्न आयोजित कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी विराटनगर आउनु भएको हो ।
मनमोहन स्मृति प्रतिष्ठानले प्रदेश नम्बर १ का ३ हजार ७ जना ज्येष्ठ नागरिकलाई सम्मान गर्दैछ । सत्तरी वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकलाई सम्मान गर्न लागिएको हो । सम्मानित हुनेमध्ये एकसय वर्षमाथि २१ जना छन् । कार्यक्रममा सहभागी हुन एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल हिजै विराटनगर आईसक्नु भएको थियो ।
एता, विराटनगरमा रास्ट्रपति आउने भएपछि विराटनगरको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।
रास्ट्रपति आउनुभन्दा चारघन्टा अगावैदेखि नगरवासीले सास्ती खेप्नु परेको छ ।
विहानैदेखि सडकमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । रास्ट्रपतिको कार्यक्रमस्थल मेनरोडमा सवारी आवागमन निषेध गरिएको छ । मेनरोड भएर साइकलयात्रुलाई समेत प्रवेश दिइएको छैन ।
कार्यक्रम सुरुवात हुनुभन्दा ३ घन्टा अगाडिदेखि नै उत्तरमा वडा प्रहरी कार्यालय क साथै दक्षिणमा जलजला मोडदेखिको मेनरोडमा सवारी साधनलाई प्रवेशमा निषेध गर्दा गन्तव्यमा पुग्न खोज्ने वटुवा र आपत्कालीन सवारी साधनलाई समेत समस्या भएको छ । प्रहरी ठूलो मात्रामा परिचालन गरिएको भएपनि आपसी समन्वय नभएको देखिएको छ । साथै विभिन्न स्वास्थय संस्थाले बृद्धबृद्धाहरुको लागी निशुल्क स्वास्थ्य परिक्षण सेवा पनि संञ्चालन गरिरहेका छन् ।
Post a Comment